बम विस्फोट गराउने अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय बाँकेले सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार भएका अभियुक्तलाई घटनाको ९ वर्षपछि पक्राउ गरेको छ ।
वि. स. २०६८ साल मङ्सिर १४ गते भूमिसुधार र मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा जिल्ला अदालतले डुडुवाका केशव राढलाई २०७२ साल माघ १८ गते छ/छ महिना कैद र पाँच/पाँच हजार जरिवानाको फैसला सुनाएको थियो भने उनी आज पक्राउ परेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
सरकारी कार्यालय बाहेक २०६८ साल चैत ६ गते साबिक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विस्फोट गराएको घटनामा समेत अदालतले उनलाई २०७२ साल माघ १८ गते छ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ ।