भिषण वर्षाबाट प्रभावित दक्षिण कोरिया, ५ सय भन्दा बढी परिवार जोखिममा

काठमाण्डौ । दक्षिण कोरियामा विगत ४ दिन लगातार भिषण वर्षा भैरहेको छ जसका कारण जनधन को समेत क्षती भइरहेको छ । यस्तै उक्त वर्षाका कारण मंगलबारसम्म कुल १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता रहेका छन् । कोरियाको मध्य क्षेत्रमा अगष्ट १ तारिक देखि भइरहेको निरन्तर वर्षाका कारण जनधनको ठूलो क्षति भएको केन्द्रीय विपद निकायले जनाएको छ ।

चार दिन यताको भारी वर्षाका कारण राजधानी सियोल तथा वरपरका क्षेत्र व्यापक प्रभावित भएका छन् भने उत्तरी चुङचियोङ प्रान्तका ५ सय ५५ परिवार सहित एक हजार २५ जनालाई अहिले सुरक्षित स्थलमा सारिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोरिया सरकारका अनुसार वर्षाबाट प्रभावित मानिसको उद्धार एवं राहतका लागि २५ हजारभन्दा बढी प्रहरी, स्वयंसेवी तथा अन्य उद्धारकर्मी परिचालन गरिएको छ । यस्तै करिब ५ हजार ७ सय ५१ हेक्टर जमिन डुबानमा परेको छ र निजी तथा सरकारी सम्पत्तिमा पनि वर्षाका कारण ठुलो क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *