पैसाको लागी झुटको प्रचार : बेवारिसे शिशु भन्दै पैसा उठाउने बालगृहको यस्तो योजना…

काठमाडौं । यहि साउन १३ गते कपनको आकाशेधारा चौरमा कार्टुनमा वेवारिशे अवस्थामा राखिएको बच्चा भेटिएसँगै उक्त खबर परालको आगोसरी फैलियो । नजिकै रहको केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले साउन १२ गते साँझ बेवारिसे अवस्थामा शिशु भेटिएको भन्दै प्रहरी तथा सञ्चारकर्मीहरुलाई खबर गरेपछि सार्वजनिक भएको उक्त खबरका कारण देश–विदेशबाट तिनको लागी सहयोग पनि आउन थाल्यो ।
तर अहिले भने उक्त घटनामा नयाँ मोड आएको छ भने बालगृहकी संचालिका अधिकारी विवादमा मुछिएकी छिन । बेवारिसे बालिका भन्दै जताततै फैलिएको तस्बिर तथा भिडियोबाट सान्त्वना तथा सहयोग प्राप्त गरेकी ती शिशु बेवारिसे नभएको पाइएको छ । खाडी मुलुकबाट हालै उद्धार गरेकी एक महिलाले त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
ती महिलाले आफुले शिशुलाई साथमा राख्न नसक्ने बताउँदै बालगृहको जिम्मा लगाएपछि संस्थाकी सञ्चालक पुष्पाले प्रहरीमा बेवारिसे बच्चा भेटिएको भन्दै निवेदन दिएर सहयोग लिन थालिन् । आफ्नो शिशुको गलत प्रयोग गर्दै भ्रामक खबर फैलाएको देखेपछि अन्ततः शिशुकी आमा आफैं बालगृह पुगेर बच्चा आफूलाई नै दिन माग गरिन् । आमाको दाबी स्वीकार गरेर प्रहरीले अहिले बच्चा उनलाई नै जिम्मा लगाएको छ ।