अख्तियारका यति धेरै कर्मचारीमा कोरोना पोजेटिभ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत रहेका १५ जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । कुल १ सय ८२ जनाको स्वाब संकलन गरेर परीक्षण गराउँदा १५ जनामा कोरोना पोजेटिभ रहेको पुष्टि भएको हो । संक्रमित मध्य प्राय जसो सुरक्षाकर्मी रहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

‘संक्रमित हुनेहरुमा सुरक्षाकर्मीको संख्या धेरै छ ‘, अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताएका हुन् । यस अघि नै नक्साल प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीहरुमा संक्रमण पुष्टि भइसकको छ भने यससँगै मंगलबार स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत रहेका सबै कर्मचारीको स्वाब संकलन गर्ने तयारी थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *