होम क्वारेन्टिनमा रहेका युवकको अचानक मृत्यु..

काठमाण्डौ । क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु भएको छ । पूर्वी चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने पुरुषको गए राति मृत्यु भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
कलैया नगरपालिकाका स्थायी बासिन्दा रहेका उनी १३ दिन अगाडी मात्र बाराबाट चितवन आएका थिए भने एक्कासी छाती दुखेर ढलेपछि उनको मृत्यु भएको प्रहरीले बताएको छ । अहिले ती मृतक पुरुषको स्वाब संकलन गरी पीसीआर परिक्षण गर्ने तयारी थालिएको छ ।