कोरोना संक्रमणको आशंका गरिएका एक बिरामीको मृत्यु..

काठमाण्डौ । कोरोनाको लक्षण देखिएका एकजना ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई उच्च ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि कोशी अस्पताल लागिएको थियो भने बेड भर्ना गर्न नपाउँदै उनको यहि सोमबार राति १२ बजेतिर मृत्यु भएको छ ।

उनलाई विराट नर्सिङले राती रिफर गरिदिए पछि कोशी अस्पताल ल्याइएको थिय्यो भने ती बिरामीलाई अस्पताल ल्याउँदा ज्वरो, श्वासप्रश्वास तथा वाकवाकी लाग्ने समस्या देखिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताएका छन् । अस्पताल ल्याएपछि साढे १२ बजेतिर बेडमा भर्ना गर्न खोज्दाखोज्दै सोहि क्रममा उनको मृत्यु भएको डाक्टर दासले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

उनको शव अहिले अस्पतालमै राखिएको छ भने परीक्षणको लागि मृतकको स्वाब संकलन पनि गरिएको छ । स्वाबको नजिता आएपछि त्यही अनुसारले उनको शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *