बच्चा जन्मिएको ६ घन्टामै सुत्केरीको मृत्यु..

काठमाण्डौ । सोमबार बिहान छोरा जन्माएकी सुत्केरीको सुतेकेरी भएको ६ घण्टापछी मृत्यु भएको छ । कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सालनाल खस्न ढिलो भएको कारण मृत्यु भएको हो । उनी बिहान ४ बजे सुत्केरी भएकी थिइन् भने सालनाल निकाल्न उनलाई स्थानीय मेडिकलमा ढिलो गरि लागिएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सालनाल निकालेलगत्तै बेहोस भएकी उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताउनुभएको छ ।प्रहरीका अनुसार यसअघि दुई छोरीलाई जन्म दिएकी पुनको शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण मृत्यु भएको भनेर उनको श्रीमान् अमृत पुनले बताएका छन् । नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *