अब फेरी जोर र बिजोर ?

काठमाण्डौ । केहि दिन यता नेपालमा कोरोना संक्रमितको संख्या निकै उल्लेखीय मात्रामा बढिरहेको छ । हिजो मात्र पनि ४ सय १८ जनामा कोरोना पुष्टि भएको थियो । लकडाउन खुकुलो भएसँगै काठमाण्डौमा समेत संक्रमित निकै थपिएका छन् भने यसरी कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि अब फेरी निजीसहित सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागु गर्ने तयारी सुरु गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सुरुमा लकडाउन खुकुलो भएसँगै जोर बिजोर प्रणालीमा सवारी चलाउन अनुमती दिइएको थियो भने साउन ६ गतेदेखि लकडाउन खुलेसँगै जोर बिजोर प्रणालीको पनि अन्त्य भएको थियो । उक्त कुराको विषयमा छलफल गर्नका लागी आज प्रधानमन्त्री के पी शर्मा ओलीले विज्ञहरुलाई बालुवाटार बोलाउनु भएको छ । आजको छलफलमा बढो संक्रमणलाई कसरि नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *