कोरोना संक्रमण बढेपछि प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्दै, के हुन्छ नयाँ निर्णय ?

काठमाडौँ । नेपालमा जारी रहेको लकडाउन खुलेसँगै काठमाडौंँसहित देशभरमै कोरोना संक्रमित निकै बढ्न थालेका छन् । संक्रमण बढेसँगै सर्वसाधारणमा त्रास थपिएको छ भने सरकार पनि यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजी ग्रण थालेको छ । संक्रमित संख्या बढेसँगै अहिले देशका विभिन्न स्थानमा लकडाउनको घोषणा समेत भइसकेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे कोरोना नियन्त्रणका लागि विज्ञहरुसँग सामूहिक परामर्श गर्ने भएका छन् । यसरी दिनहुँ रुपमा संक्रमित बढेसँगै थप भयावह स्थिति आउनसक्ने त्रासका कारण सरकारले यसको नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे छलफल गरेर नयाँ रणनीति तय गर्नका लागी उक्त छलफल हुन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *