आज गाइजात्रा, यसरी मनाइदै ….

काठमाडाैं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म कुल आठ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा श्रिंगार गरि आ -आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ भने गाईलाई घुमाउने क्रममा श्रद्धालुहरुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गर्दछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वमा प्रहसन तथा सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू गाइने पनि गरिन्छ । देशका विभिन्न सहरमा मनाइने यस पर्व यस वर्ष भने कोरोना भाइरसको महामारीका कारण रौनक कम रहेको देखिन्छ । सरकारले पनि भिडभाड नगर्न र भौतिक दुरीका सबै नियम पालना गरि मनाउन सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *