जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाण्डौ । एकजना किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । चौध वर्षीया किशोरीलाई जबर्जस्ती गरेको भन्दै पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको भनेर पीडित परिवारले दिएको जाहेरीमा उल्लेख गरिएको छ, उनीहरुको सम्बन्धबारे अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध जाहेरी दिनुभयो अनि हामीले उहाँलाई पक्राउ गर्यौं ’ एसपी सुरेन्द्र बहादुर गुरुङले भनेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले रानाभाटलाई सोमवार पालुङटारबाट पक्राउ गरेको उनले बताएका छन् । एसपी गुरुङका अनुसार अहिले यस घटनाबारे थप अनुसन्धान चलिरहेको छ भने रानाभाटविरुद्ध जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *