यस्तो छ आज मंगलबारको मौसम, कुन स्थानमा भारी वर्षा हुने ?

काठमाण्डौ । आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज देशका पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा सामान्यतया सफा रहने मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले जानकारी दिएको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर नै आंशिक बादली रहनेछ भने दिउसो अपरान्हपछि भनी सामान्य बदली रही प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशका एक- दुई स्थानहरुमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले बताएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसका साथै आज राती देशभर नै सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ तथा गण्डकी प्रदेशका केहि स्थानहरुमा  मेघगर्जन र चट्याङ्गसहित हल्का तथा मध्यम वर्षा हुनसक्ने भनेर पनि पूर्वानुमानमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *