सीपीएल खेल्न गएका क्रिकेट खेलाडी सन्दीप १४ दिन क्वारेन्टिनमा

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागी ट्रिनिडाड एन्ड टोबागो पुगेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको लागी क्वारेन्टिनमा राखिएको छ । सन्दीपलगायत सीपीएल खेल्ने अन्य सबै खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो । क्वारेन्टिनमा रहँदा स्वाब परिक्षण गराएर कोरोना नभएको पुष्टि भएपछि बल्ल खेल खेल्न पाइने जनाइएको छ । उनले यसअघि पनि नेपालमै सानेपास्थित स्टार हस्पिटलमा स्वाब परीक्षण गराएर नतिजा नेगेटिभ आएपछि टोबागो गएका थिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
सिपिएल आउँदो भदौ २ गते देखि भदौ २५ गतेसम्म चल्नेछ । सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट एक लाख ३० हजार अमेरिकी डलर (रु एक करोड ५६ लाख) मा अनुबन्धित भइसकेका छन् । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेको भए पनि उनलाई एक लाख ३० हजार डलर दिने सम्झौता भएको हो । उनी उक्त टिमको मार्की खेलाडी पनि हुन् भने सन्दीपले यसअघि पनि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन् ।