आर्यघाटबाट बुवाको शव बरामद, छोरा पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन भनेर लगिएको शव प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुर गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरेको छ भने उनका ३० वर्षीय छोरा सन्तोष नेपालीलाई पक्राउ गरेको छ । मृतक नेपालीको हत्या भएको हुनसक्ने आशंकामा शवलाई बरामद गरेर अनुसन्धान प्रक्रिया सुरु गरिएको ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिएका छन् ।

गत बिहीबार राती रक्सी खाएकामा बेला कृष्ण र छोरा सन्तोषबीच झगडा भएको थियो भने त्यसै क्रममा सन्तोषले बाबुमाथि कुटपिठ समेत गरेका थिए । अर्को दिन बिहान बाबु बेहोस भएको देखेर उपचारका लागी सैनिक अस्पताल छाउनीमा लाग्दा अस्पतालले उनलाई मृत घोषित गरेको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृत घोषणा भएसँगै दाह संस्कारका लागि उनको शव आर्यघाट लगिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए र गाउँलेको सूचनाका आधारमा नै प्रहरीले शव बरामद गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *