आफ्नै श्रीमानले चलाएको मोटरसाइकलबाट खस्दा श्रीमतीको मृत्यु

काठमाण्डौ । सर्लाहीमा मोटरसाइकलबाट खसेर श्एकजना महिलाको मृत्यु भएको छ । हरिपुर नगरपालिका-४ बस्ने ४० वर्षीया सन्जु देवी रामको आफ्नै श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

हरिपुर नगरपालिका-४ हरैयास्थित मलंगवा-नवलपुर सडकखण्डमा नागेन्द्र रामले चलाएको बा ९ प ९९३५ नम्बरको मोटरसाइकलको पछाडिबाट खस्दा उनकी श्रीमती गम्भीर घाइते भएको थिइन् भने उपचारका लागी वीरगंज पठाउने क्रममा उनको बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *