नेपालमा अचानक चुलियो संक्रमितको संख्या, एकैदिनमा थपिए यति धेरै संक्रमित :

काठमाडौं । नेपालमा लकडाउन खुलेसँगै अहिले संक्रमित संख्या पनि बढी नै रहेको छ । संक्रमित बढ्ने क्रममा पछिल्लो २४ घण्टामा मात्र थप ४ सय १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कुल ७ हजार ६ सय ३७ जनाको परिक्षण गर्दा ४ सय १८ जनाको रिपोर्ट पोजिटिभ आएको हो । यससँगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ भने ५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हालसम्म नेपालमा ३ लाख १२ हजार ४ सय २ जनाको आरडीटि परिक्षण भएको छ भने ३ लाख ९८ हजार ९ सय ७ जनाको पी सी आर विधिबाट परिक्षण गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अहिले नेपालमा कुल संक्रमित मध्य १४ हजार ९ सय ६१ जना निको भएर फर्किसकेका छन् भने ५ हजार ७ सय ३२ जना अझै पनि आइसोलेसनमा रहेका छन् । साथै विभिन्न स्थानमा गरेर अझै पनि १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *