कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु

काठमाण्डौ । वीरगञ्जमा शनिबार मात्र कोरोना भाइरसको कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज-१६ नगवा बस्ने ६० बर्षीया महिला र वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिला रहेका छन् । ६० वर्षीय महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको र ५० वर्षीय महिलाको भने शुक्रबार बिहान  १०:१२ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणका कारण ११ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ५७ पुगेको छ भने संक्रमितको कुल संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *