सुनकाण्डमा ‘डबल–क्रस’ : सुराकी र प्रहरीको यस्तो चलखेल

काठमाडौं । नेपाल प्रहरीले गरेको पहेँलो सुन सम्बन्धीका अधिकांश अपरेशनहरु विवादमा पर्ने गरेको छ । सुन देख्ने वित्तिकै प्रहरी अधिकृतहरु लोभिने र तस्कर–प्रहरी मिलेमतोका घटनाहरु पटकपटक बाहिर आइ नै रहेका छन्। सुनसँगको विवादमा जोडिएर प्रहरीका उच्च अधिकृतदेखि जवानसम्म हिरासत पुगिसकेको भएपनि यो श्रृंखला अझै रोकिएको छैन ।

गत मंगलबार प्रहरीले चलाएको १५ किलो पहेँलो धातु सम्बन्धीको अपरेशनमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रहरी जवान बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठले अभियुक्त समात्नभन्दा भगाउनतिर ध्यान दिएको पाइएपछि उक्त घटना पनि विवादमा मुछिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस प्रकरणमा घटना सम्बन्धी सुराकी दिने व्यक्ति तथा प्रहरी दुवैले दोहोरो भूमिका निभाए पछी य विषय थप रोचक बनेको छ जसकारण सूचना दिएको भनेर सूराकी भत्ता पाउनु पर्ने व्यक्ति कौशल पटेल अहिले प्रहरी हिरासतमा रहेका छन् भने प्रहरी जवानद्वय कडायत र श्रेष्ठ पनि प्रहरी नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *