साढे ३ वर्षमा पनि सकिएन टेलिकमको ‘फोरजी’ विस्तार

काठमाडौं । नेपाल टेलिकमले वि. स २०७३ साल पुस १७ गतेदेखि काठमाडौं तथा पोखरामा चौथो पुस्ताको मोबाइल इन्टरनेट ‘फोरजी’ सेवा उपलब्ध गराउन थालेको थियो भने २ वर्ष लामो समयपछि २०७५ साल माघमा मात्र टेलिकमले एक वर्षभित्र फोरजी सेवा देशभर पुर्याउने भन्दै दुई चिनियाँ कम्पनीलाई ठेक्का दिएको थियो । यद्धपी भनिए जस्तो काम हुन नसक्दा  टेलिकमका अरु परियोजना जस्तै फोरजी विस्तारको काम पनि समयमै सकिएन । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

गत फागुनससम्म सकिनुपर्ने यो परियोजना अझै पनि अन्योलमा रहेको छ । टेलिकमले भन्दा झण्डै ६ महिनापछि फोरजी सेवा थालेको एनसेलको गत जेठसम्म फोरजी ग्राहक ३६ लाख ८४ हजार पुर्याएको थियो भने टेलिकमको जम्मा ८ लाख ४३ हजार मात्रै फोरजीका ग्राहक रहेका छन् । एनसेलको ग्राहक टेलिकमको भन्दा साढे ४ गुणा बढी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *