सिन्धुपाल्चोकमा पहिरोले घर पुर्दा श्रीमान–श्रीमतीको मृत्यु

काठमाण्डौ । आइतबार राती भएको अविरल वर्षाका कारण पहिरो झरेपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एक दम्पतीको मृत्यु भएको छ । घर पुरिँदा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

राति सुतिरहेका समयमा एकाएक घर माथिबाट आएको पहिरोले घर पुरिएपछि उनीहरुको मृत्यु भएको प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *