ओली प्रचण्ड आ–आफ्नै अडानमा, बिना निष्कर्ष टुंगियो आजको वार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी का दूई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच  आज बालुवाटारमा भएको छलफल दुवैको आ–आफ्नै अडानका कारण निष्कर्षविहीन भएको छ । स्थायी कमिटीको साउन १३ गते बसेको बैठकबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीलाई निकास दिने जिम्मेवारी अध्यक्ष प्रचण्डले पाएका थिए भने उनी हिजोदेखि नै प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेका छन् । आजको वार्ता हिजो भएकै वर्ताको निरन्तरता रहेको थियो जुन बिना निष्कर्ष टुंगिएको हो ।

करिब १ हप्ताको संवादहीनता तोड्दै आइतबारदेखि अध्यक्षद्वय ओली र प्रचण्डबीच पार्टीको आन्तरिक विवाद समाधानका लागि छलफल सुरु भएको थियो । आइतबारको बैठकमा जस्तै सोमबार पनि अध्यक्ष ओली र प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि छलफलमा सहभागी रहेका थिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

सोमबारको वार्तामा दुई नेताले एक आपसमा जनै पूर्णिमाको शुभकामना आदानप्रदान गर्ने बाहेक अन्य कुनै ठोस कुराकानी नभएको अध्यक्ष ओलीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *