विश्वमा कोरोना संक्रमित संख्या १ करोड ८२ लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरस चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा सन् २०१९ साल डिसेम्बरमा पहिलोपटक देखिएको थियो । त्यसबेला कोरोना भाईरसले चीनलाई नराम्रोसँग असर पारेको थियो । कोरोना भाईरस संक्रमित तथा यसबाट मृत्यु हुनेको संख्या प्रत्यक दिन बढिरहेको छ । अहिलेको समयमा कोरोना भाईरसले २ सय १० देश तथा क्षेत्रमा आफ्नो आतंक फैलाइसकेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
अहिले विश्वभरमा यस महामारीका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ९२ हजार ८ सय ९३ पुगेको छ भने संक्रमितको कूल संख्या १ करोड ८२ लाख ३९ हजार २ सय ४६ पुगिसकेको छ । त्यस्तै कूल संक्रमित मध्य १ करोड १४ लाख ५० हजार १ सय २७ जनाको सफल उपचार भईसकेको छ र हाल उपचाररत रहेका कूल ६० लाख ९६ हजार २ सय २६ संक्रमित मध्यको एक प्रतिशत अर्थात् ६५ हजार ७ सय ३६ जनाको अवस्था निकै गम्भीर रहेको छ ।