पहिरोमा पुरिएका ८ जनाको शव निकालियो

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएका ८ जनाको शव निकालिएको छ । आज बिहान २ बजे गएको पहिरोले कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पुरिएपछि आठ जना बेपत्ता भएका र एक जनाको भने उद्दार गरिएको थियो । पहिरोले पुरिएर घाइेत भएका बारु शाहलाई उद्दार गरि एयर डाइनेस्टीको हेलिकप्टरबाट उपचारका लागी काठमाडौं ल्याइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया,  ३५ वर्षीय प्रदीप चौरसिया, २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव धामी र १७ बर्षिय सोनम लामा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *