कति छ आज सुनको भाउ ?

काठमाण्डौ । तरल पुँजीका रूपमा लिइने सुनको मूल्य केहि समय यता निकै बढिरहेको छ । हरेक दिन भाउ बढ्ने क्रममा नेपालमा आज सुनको मूल्यले फेरी नयाँ कीर्तिमान बनाएको छ । नेपालमा लकडाउन अघि भन्दा अहिले सुनको भाउ निकै आकाशिएको छ ।

आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । सुनको मूल्य हालसम्मकै उच्च ९९ हजार ६०० रुपैयाँ पुगेर सोमबार भने मुल्यवृद्धिमा ब्रेक लागेको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै गरि तेजावी सुन ९९ हजार १६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी पनि आइतबारकै मूल्य अर्थात् १ हजार २ सय ३० मा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *