ट्राफिक महशाखाका थप ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । गत शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) का दुई जनालाई पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यस लगत्तै उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट अन्यको पिसिआर जाँच गरिएको थियो भने ३ सय ७५ जनालाई क्वारेन्टिनमा राखिएको थियो । उक्त जांचमा ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अहिले एसएसपी भिमप्रसाद ढकालसहित अन्य २ सय ८१ जनालाई अहिले क्वारेन्टिनमा राखिएको छ । संक्रमितहरुलाई भने अहिले उपचारका लागी अस्पताल पठाइएको छ । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ भने ती मध्य ३ सय ७५ जना क्वा’रेन्टिनमा गएपछि अहिले १ हजार १ सय ७० जनालाई ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *