कंगना रनौतले भनिन्, ‘यदि म झुण्डिएको अवस्थामा फेला परेँ भने…’

काठमाण्डौ । यतिबेला बलिवुड नायक सुशान्त सिंह राजपुतको मृत्युको खबरले बलिउडनगरीमा हङ्गामा मच्चाएको छ । उक्त विषयमा आवाज उठाउँदै आएकी बलिउड नायिका कंगना रनौतले शुक्रबार राती आफ्नो मनालीस्थित घर नजिकै गोलीको आवाज सुनेको भनेर बयान जारी गरेकी थिइन । अभिनेता सुशान्त सिंहको मृत्यु सम्बन्धि उनको हालैका टिप्पणीपछि उनलाई धम्काउने उद्देश्यले यस्तो गरिएको हुनसक्ने उनको अनुमान रहेको छ भने उक्त घटनापछि कंगनाको घरमा कुल्लू जिल्ला पुलिसले सुरक्षाकर्मी तैनाथ गरेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसैबीच कंगनाको टीमद्वारा हालै गरिएको एक ट्वीटमा उनले भनेकी छिन्, ‘सबैलाई उसको नाम थाहा छ तर कसैले नाम लिन चाहँदैनन् । करण जोहरका निकै मिल्ने साथी तथा संसारका उत्कृष्ट सीएमका छोरा अर्थात् बेबी पेनगुइन । यदि म पङ्खामा झुण्डिएको अवस्थामा भेटिएँ भने बुभ्नुहोस् कि मैले आत्महत्या गरेको होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *