ओली र प्रचण्डबीच वार्ता सुरु..

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी का दूई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल सुरु भएको छ भने उक्त छलफलमा पनि सचिवालय सदस्य झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई साथमा राखिएको छ ।

स्थायी कमिटीको साउन १३ गते बसेको बैठकबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीलाई निकास दिने जिम्मेवारी अध्यक्ष प्रचण्डले पाएका थिए भने उनी हिजोदेखि नै प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेका छन् । आजको वार्ता हिजो भएकै वर्ताको निरन्तरता रहेको बालुवाटार स्रोतले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

हिजोको छलफलमा पनि दुवै अध्यक्ष विगतको भन्दा शान्त रहेर आआफ्नो कुरा शान्तपूर्वक राखेका थिए भने आजको वार्ता पनि शान्तिपूर्वक रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *