मनमानी गर्ने यी दुई नक्कली प्रहरी पक्राउ :

काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय दाङले दुईजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवाका ३० वर्षीय सुरोज नेपाली तथा सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ल रहेको कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताएका छन् ।

नेपालीले आफू जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक योगेन्द्र हमाल रहेको बताउँदै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलका सञ्चालकसँग अभद्र व्यवहार गरेको र आँफुलाई मासिक रुपमा रकम दिनुपर्ने भन्दै धम्क्याउँदै आएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यस्तै मल्लले भने जिल्ला प्रहरी कार्यालयको प्रहरी सहायक निरीक्षक रहेको बताउंदै ट्राफिक चोकस्थित पाहुना गेष्ट हाउसमा निःशुल्क खाना खाने गरेको र होटल सञ्चालकसँग अभद्र व्यवहार गरेको भनी जाहेरी परेको छ । अहिले दुवैलाई  मुलुकी अपराध संहिता २०७४ को कसुरमा मुद्दा दर्ता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *