चर्चित क्रिकेट लिग आईपिएल हुने पक्का, तोकियो मिती :

काठमाण्डौ । भारतको चर्चित क्रिकेट लिग आईपिएल हुने पक्का भएको छ भने भारत सरकारद्वारा अनुमती प्राप्त भएसँगै अब यस प्रतियोगिताको आयोजना संयुक्त अरब इमिरेट्स युएईमा हुने निश्चित भएको हो । इन्डियन प्रिमियर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटको यस संस्करण आउँदो सेप्टेम्बर १९ तारिक देखि नोभेम्बर १० सम्म हुनेछ भने आईपीएलको गभर्निङ बडीले भारत सरकारबाट अनुमति पाएसँगै यसको सम्पूर्ण तयारी युएईमा केन्द्रित हुने भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
यस संस्करणको प्रतियोगितामा हरेक सहभागी टिममा यस पटकदेखि कुल २४ खेलाडी राख्न पाउने नयाँ नियम बनाइएको छ । त्यस्तै, हरेक आइतबार दिनको दुई खेल हुनेछन् भने अन्य दिन भने एउटा मात्र खेल हुनेछ । दर्शकको उपस्थितिबारे भने अझैसम्म पनि औपचारिक निर्णय भइसकेको छैन । यूएई क्रिकेट बोर्डले भने आइपीएलका बेला ३५ प्रतिशत दर्शक राख्न सरकारसँग प्रस्ताव गर्ने जनाएको छ ।