मेलम्चीमा पहिरो जाँदा आठ जना बेपत्ता, एकजनाको जीवितै उद्दार

काठमाण्डौ । आइतबार राती भएको अविरल वर्षाका कारण मेलम्चीमा पहिरो गएको छ भने उक्त पहिरोमा परि मेलम्ची–११ मेलम्ची बजारमा आठ जना मानिस बेपत्ता भएका छन् । आज बिहान २ बजे गएको पहिरोले कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पुरिँएको छ ।

निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो । सो घर पुरिएपछि आठ जना बेपत्ता भएका र एक जनाको भने उद्दार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

अहिले बेपत्ता हुने हरुको खोजीकार्य चलिरहेको छ भने नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *