हेलचेक्र्याइँका कारण बढ्दै छ कोरोनाको जोखिम…

काठमाडौं । नेपालमा केहि दिन यता उल्लेखीय मात्रामा कोरोना संक्रमित बढिरहेका छन् । लकडाउन खुलेसँगै संक्रमण संख्या बढ्दो छ भने यसका लागी सर्वसाधारणले गरेको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउनको अन्त्य भएको घोषणा भएसँगै भीडभाड बढ्न थालेको छ भने मानिसहरु सचेतनाका उपायलाई पनि नकार्न थालेको देखिएको जनस्वास्थ्यविद्हरूले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

लकडाउन खोले सँगै सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरे पनि उक्त नियम कार्यान्वयनमा आउन सकेको छैन । मानिसको भिड जता ततै बाक्लिन थालेको छ भने मानिसहरुमा अहिले कोरोनाको प्रकोप सकिएको भान भएको पाउन सकिन्छ । यसका साथै भौतिक दुरीका नियमहरु पनि पालना नभएको देखिन थालेको छ भने अब यसले गर्दा मुलुकमा थप जोखिम बढ्ने सम्भावना रहेको विज्ञहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *