आज जनै पूर्णिमा, देशभर यसरी मनाइदै…

काठमाडौं । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आज नेपाल भर हिन्दु धर्मावलम्बीहरुले नयाँ जनै र हातमा रक्षा बन्धन बाध्दै छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गर्दा सबै नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
आजकै दिन तागाधारीहरुले आफ्नो जनै (यज्ञोपवित) फेर्छन् । यसका लागि हिजैदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । रक्षाबन्धन बाँध्न तथा नयाँ जनै फेर्नका लागी बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार तथा मठ मन्दिरमा भक्तजनको ठुलो भीड लाग्ने गरेको भएपनि यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण भीड कम गरेर आवश्यक दुरी कायम गर्दै मनाउन सरकारले आह्वान गरेको छ ।