कोरोना संक्रमितको उपचारमा नेपालमा पहिलो पटक अपनाइयो प्लाज्मा थेरापी विधि

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि अपनाइएको छ। उक्त विधि मोरङ विराटनगरका पुरुष संक्रमितमा बिहिबार राती त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको हो भने ती बिरामीलाई प्लाज्मा दान दिने व्यक्ति पनि पुरुष नै रहेका छन् । संक्रमित र दाता दुवैको परिचय गोप्य राखिएको छ।

ती व्यक्ति गम्भीर अवस्थामा अस्पताल पुगेका थिए भने प्लाज्मा थेरापीपछि अहिले उनको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न रहेका  चिकित्सकले बताएका छन्। अस्पतालको कोभिड व्यवस्थापन समिति संयोजक डा. सन्तकुमार दासका अनुसार मधुमेह र उच्च रक्तचापको समस्या भोगिरहेका ती व्यक्ति कोरोना संक्रमण पुष्टि भएपछि थप सिकिस्त अवस्थामा पुगेका थिए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

कोरोना संक्रमणबाट निको भएको व्यक्तिको प्लाज्मा दिएपछि अहिले ती संक्रमितको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *