बच्चनले दुखी हुँदै दिए यी व्यक्तिलाई श्रद्धाञ्जली

काठमाण्डौ । भारतको राज्यसभा सदस्य तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन भएको छ । ६४ वर्षीय नेता सिंहको सन् २०११ मा मृगौला प्रत्यारोपण गरिएको थियो भने उनी निकै लामो समयदेखि अस्वस्थ रहि आएका थिए ।
उनको उपचारका क्रममा सिंगापुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । “बरिष्ठ नेता तथा सांसद अमर सिंहको असामयिक निधनको खबरले हामीलाई अत्यन्त दुःखित बनाएको छ,” रक्षा मन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
नेता सिंहको निधनमा बलिउड महानायक अमिताभ बच्चन लगायत अन्य कलाकारहरुले पनि दुःख व्यक्त गरेका छन् । बच्चनले सामाजिक सञ्जाल इन्टाग्राममा एक झुकेको तस्विर साझा गर्दै सिंह प्रति समवेदना प्रकट गरेका छन् ।