दिनहुँ रुपमा बढो संक्रमण, आज फेरी थपिए यति संक्रमित :

काठमाडौं । नेपालमा लकडाउन खुलेसँगै अहिले संक्रमित संख्या पनि बढी नै रहेको छ । संक्रमित बढ्ने क्रममा पछिल्लो २४ घण्टामा मात्र थप २ सय ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ३ सय ३२ पुगेको छ भने ५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ३ लाख १२ हजार ४ सय २ जनाको आरडीटि परिक्षण भएको छ भने ३ लाख ९१ हजार २ सय ७० जनाको पी सी आर विधिबाट परिक्षण गरिएको छ ।

अहिले नेपालमा कुल संक्रमित मध्य १४ हजार ६ सय ३ जना निको भएर फर्किसकेका छन् भने ५ हजार ६ सय ७२ जना अझै पनि आइसोलेसनमा रहेका छन् । साथै विभिन्न स्थानमा गरेर अझै पनि १० हजार ९ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *