Monday, June 27th, 2022

रोहित-बिराट बिरुद्द खेल्दै बुमराह र रिसभ पन्त

काठमाडौँ ।

रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोली अहिले इंग्ल्याण्डको भ्रमणमा छ । टीम इन्डियाले आयोजक इंग्ल्याण्डसँग एक टेस्ट, ३ ओडीआई र ३ टी–२० खेल खेल्नेछ । इंग्ल्याण्ड विरुद्धको एकमात्र टेस्ट जुलाई १ देखि एजब्यास्टनमा हुनेछ ।

टेस्ट खेलअघि भारतीय टोलीले बिहीबार (जुन २३) बाट इङ्ल्यान्डको काउन्टी टोली लेस्टरशायरसँग चारदिने अभ्यास खेल खेल्ने भएको छ । चाखलाग्दो कुरा के छ भने यो अभ्यास खेलमा टीम इन्डियाका चार स्टार खेलाडी लेस्टरशायरबाट खेल्नेछन् ।

ऋषभ पन्त, चेतेश्वर पुजारा, जसप्रित बुमराह र प्रसिद्द कृष्ण लेस्टरशायरको टोलीबाट खेल्ने छन् । भारतीय टोली गत वर्ष इंग्ल्याण्डको भ्रमणमा गएको थियो जहाँ कोरोनाका कारण पाँचौं खेल रद्द गर्नुपरेको थियो । टेस्ट सिरिजमा भारतीय टोली २–१ ले अगाडि छ ।

लिसेस्टरशायरको टोलीमा चार भारतीय खेलाडी समावेश भएपछि टीम इन्डियाका सबै सदस्यले इङ्ल्यान्डविरुद्धको खेलअघि पर्याप्त म्याच अभ्यास गर्ने मौका पाउनेछन्।  कार्यभार व्यवस्थापनलाई हेर्दा दुवै टोलीबाट १३–१३ खेलाडीले खेल्नेछन् ।

भारतीय छनोटकर्ताले नवदीप सैनी, कमलेश नगरकोटी र सिमरजीत सिंहलाई इङ्ल्यान्ड भ्रमणका लागि टोलीमा नेट बलरको रूपमा समावेश गर्ने निर्णय गरेका छन्।  यतिबेला सैनी र नगरकोटी टोलीसँगै छन् । योसँगै सिमरजीत सिंह पनि छिट्टै जोडिन लागेका छन् । भारत र लेस्टरशायरबीचको अभ्यास खेल २३ देखि २६ जुनसम्म हुनेछ ।

भारत र लेस्टरशायरबीचको अभ्यास खेल लेस्टरको अप्टनस्टील काउन्टी मैदानमा हुनेछ ।  भारत र लेस्टरशायरबीचको अभ्यास खेल भारतीय समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ । भारत विरुद्ध लिसेस्टरशायर अभ्यास खेल टिभी च्यानलहरूमा उपलब्ध हुनेछैन लेस्टरशायर काउन्टी क्रिकेट क्लबको युट्युब च्यानलमा मात्र प्रत्यक्ष प्रसारण गरिनेछ।

दुई टोली यस प्रकार छन्:
लेस्टरशायर: स्यामुएल इभान्स (कप्तान), रेहान अहमद, स्यामुएल ब्याट्स (विकेटकीपर), नाथन बाउली, विली डेभिस, जो इभिसन, लुइस किम्बर, एविडाइन स्कन्दे, रोमन वाकर, चेतेश्वर पुजारा, ऋषभ पन्त, जसप्रित बुमराह र प्रसिद्ध कृष्ण।

भारत: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, हनुमा विहारी, श्रीकर भरत (विकेटकीपर), रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद सिराज र उमेश यादव।

Leave a Reply

Your email address will not be published.