बढ्दो संक्रमणसँगै आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गर्न आग्रह

काठमाण्डौ । विराटनगरमा चिकित्सक तथा स्वाथ्यकर्मीहरूमा समेत कोरोना संक्रमण पुष्टि हुन थालेकाले गर्दा सबै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्न नेपाल चिकित्सक संघ कोसी अञ्चल समितिले आग्रह गरेको छ । संघका अध्यक्ष डा.फरवार्ड सिलवालले शनिबार एक विज्ञप्ति जारी गर्दै महानगरका सम्पूर्ण अस्पताल, नर्सिङ होम, मेडिकल कलेज, आँखा अस्पताल देखि लिएर निजी क्लिनिकहरूमा समेत आकस्मिक सेवा बाहेकका अन्य सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।
यसका साथै बिरामीहरुलाई घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्फत स्वास्थ्य परामर्श प्रदान गर्न पनि चिकित्सकहरूलाई आग्रह गरिएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै र स्वास्थ्य कर्मचारीमा संक्रमण पुष्टि भएसँगै यस्तो निर्णय गरिएको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
यति मात्र नभई सर्वसाधरणलाई समेत आकस्मिकबाहेक अन्य सेवाका लागि अस्पताल नजान आग्रह गरिएको छ । बिराटनगरमा कोरोना संक्रमणको दर निकै बढेपछि हिजोदेखि थप १४ दिनका लागि लकडाउनको घोषणा गरिएको छ भने सबैलाई लकडाउनको पालना गर्न आग्रह गरिएको छ ।