Tuesday, June 28th, 2022

किरणको उत्कृष्ट बचाऊमा गोलको वर्षा गर्दै टोलि मजियाको सानदार जित

काठमाडौँ ।

धिरागु धिवेही प्रिमियर लिग (डीडीपीएल) मा बुधबार हिजो भएको खेलमा टिसी स्पोर्ट्स क्लबविरूद्द  किरण चेम्जोंगको टोलि मजिया स्पोर्ट्स एन्ड रिक्रिएसन क्लबले सानदार जित निकालेको छ।

बुधबार भएको खेलमा टीसी स्पोर्ट्स क्लब मजियासँग ४-० गोल ​​अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा माजियाले उत्कृष्ट प्रदर्शन गर्दै एक गोलले अग्रता लिएको थियो।

डिफेन्डर तानाले ३८ औ मिनेटमा गोल गर्दै मजिया स्पोर्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० मा रहेको खेलमा टिसी स्पोर्ट्सले आफ्नो अङ्क बढाउन सकेन तर  मजिया स्पोर्ट्सले चाहि गोलको बर्षा गर्दै गयो ।

महुदी हुसेन आईले ८०,८९ मिनेटमा २ गोल गर्दै टिमको खेल ३-० मा पुर्याए,त्यस्तै ९०+१ मिनेटमा स्टीवर्ट सीले टिमको लागि चौथो गोल गर्दै ४-० गोल अन्तरले खेलमा जित हासिल गरेका छन् ।

धिरागु धिवेही प्रिमियर लिग (डीडीपीएल) मा किरण चेम्जोंगको टोलि मजिया स्पोर्ट्स एन्ड रिक्रिएसन क्लब ३६ अङ्क सहित शिर्ष स्थानमा रहेको छ भने टिसी स्पोर्ट्स क्लब १७ अंक सहित चौथो स्थानमा रहेको छ ।

किरण चेम्जोंगको टोलि मजिया स्पोर्ट्स एन्ड रिक्रिएसन क्लबले आफुले खेलेको १३ खेलमध्ये १२ खेलमा जित निकालेको छ भने एक खेलमा पराजित भएको छ ।

यो पनि पढ्नुहोस : अध्यक्ष नेम्वाङ र अल्मुताइरी बीच यस्तो छ पुरानो बिवाद
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भएका छन्। हिजो भएको एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ अध्यक्षमा विजयी भएका हुन्। नेम्बाङले कर्माछिरिङ शेर्पालाई हराए। ८४ भोट खसेकोमा नेम्बाङले ४५ भोट पाए भने शेर्पाले ३९ मत ल्याए।काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा अध्यक्षमा राजीव पौडेल पनि प्रतिस्पर्धामा भए पनि एक भोट पनि ल्याएनन्।

अध्यक्षमा पंकजबिक्रम नेम्बाङ आएसंगै बिबादमा रहेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई हटाउने सम्भावना बढेको छ । पंकज विक्रम नेम्वाङसँग अल्मुताइरीको सुरुवातदेखि नै सुमधुर सम्बन्ध छैन । प्रशिक्षकको जिम्मेवारी सम्हालेको तीन महिनामै वरिष्ठ उपाअध्यक्ष नेम्वाङको टर्चर सहन नसकेर आफूले राजिनामा दिन लागेको सार्वजनिक अभिव्यक्ति उनले दिएका थिए ।

यो घटनाले नेम्वाङ–अल्मुताइरी सम्बन्ध पानी बाराबारको स्थितिमा छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले आफूले राजिनामा दिन लागेको प्रशिक्षक अब्दुल्लाहले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका थिए ।

नेम्बाङ निर्वाचित भएपछि सामाजिक संजाल इन्स्टाग्राममा एक स्टोरी राख्दै अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका हुन् । यद्दपी उनले उक्त स्टोरी हटाइसकेका छन् । एएफसी एसियन कप छनोटका लागि कुवेत पुगेका अलमुताईरी छनोटपछि कुवेतमै बसेका छन् ।

एन्फासँग बिदा लिएर अलमुताईरी कुवेतमै बसेका हुन् ।गत वर्षको साउनमा अलमुताइरीले नेम्बाङको कारण देखाएर राजीनामा घोषणा गरेपछि उनी विवादमा तानिएका थिए । तर, उनले राजीनामा दिएका थिएनन् ।

यस्तै अलमुताईरी र खेलाडीबीच पछिल्लो समय विवाद रहेको छ ।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडी छिट्टै फर्किँदैछन् । उनीहरुले विवादित प्रशिक्षक मातहत खेल्नु मनोवैज्ञानिक रुपमै पनि असर पर्न सक्छ । राष्ट्रिय टिमको एकतालाई बलियो बनाउन जो नेतृत्वमा आए पनि प्रशिक्षक परिवर्तन नै सहज विकल्प हुनसक्छ ।  एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले पछिल्लो विकसित घटनाक्रमले अल्मुताइरीको वहिर्गमन नै उपयुक्त विकल्प हुनसक्ने बताउँछन् ।

‘विवादमा रहेका खेलाडीहरु अब टिममा फर्किँदैछन् । उनीहरुलाई अब्दुल्लाहले नै प्रशिक्षण गराउँदा टिमको वातावरण पहिलेजस्तो सुमधुर नहुन सक्छ । यसले राष्ट्रिय टिमको प्रदर्शन मै असर पार्न सक्छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘छानबिन समितिको प्रतिवेदन पनि अल्मुताइरीको पक्षमा छैन । एन्फा चुनावमा जो निर्वाचित भए पनि प्रतिवेदन कार्यान्वयन हुँदा अल्मुताइरी नै अप्ठेरोमा पर्न सक्छन् ।’

विवादका पर्याय अल्मुताइरी : टाइमलाइन
२०७७ चैत २२ गते प्रशिक्षकका रुपमा नियुक्त ! , २०७८ साउन ८ सार्वजनिक स्थलमा धुमपान गरेको भन्दै प्रश्न गर्दा पत्रकारमाथि दुब्र्यवहारको आरोप!, २०७८ साउन १० फेसबुकमार्फत एन्फाका वरिष्ठ अध्यक्ष पंकज विक्रम नेम्वाङका कारण पदबाट राजिनामा दिने घोषणा (तर दिएनन्) । तीन सातादेखि नेम्वाङले आफूविरुद्ध विभिन्न नाटक गरिरहेको उनको आरोप थियो ।, २०७८ साउन १५ एन्फा कार्यकारिणी बैठकद्वार खेलकुद मन्त्रालयलाई छानबिन गर्न बोलाउने निर्णय!, २०७८ भदौ ९ मन्त्रालयले बनाएको छानबिन समितिबाट आपसी समन्वयमा विवाद समाधान गर्न आग्रहसहितको निष्कर्ष!, २०७८ असोज ३० साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको खेल नै नेपालका लागि आफ्नो अन्तिम खेल हुने अप्रत्यासित घोषणा!,२०७८ कात्तिक : एन्फा र कतार एफएको समन्वयमा पुनः नेपाल आउन राजी ।

पहिलो एक वर्ष नसकिँदै सन् २०२४ सम्म प्रशिक्षक बन्न तयार!, २०७९ वैशाखः एएफसी एसियन कप छनोटको तयारी सुरु भएकै दिन आफ्नो टिम एसियन कपमा छनोट नहुने ठोकुवा!, २०७९ वैशाख १२ : राष्ट्रिय टोलीका सिनियर १० खेलाडीलाई क्याम्प छाडेर जान दवाव । दुई दिनपछि पत्रकार सम्मेलन गरी खेलाडीले प्रशिक्षककै कारण क्याम्प छाड्न बाध्य भएको बताएका थिए ।, २०७९ वैशाख १६ : खेलाडीले गल्ती गरेको भए पनि कुनै कारबाही नगर्न एन्फालाई आग्रह । एसियन कपका लागि टिममा समावेश नगर्ने निर्णय!, २०७९ वैशाख २५ : विवाद समाधानका लागि तीन सदस्यीय समिति गठन!, २०७९ जेठ ६ : प्रमुख प्रशिक्षकको विकल्प खोज्नुपर्ने छानबिन समितिको निष्कर्ष!
अनलाईन खबर बाट साभार!

Leave a Reply

Your email address will not be published.