लसुन खानुका यति धेरै फाइदाहरु…

काठमाण्डौ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रुपमा लिइन्छ भने यसलाई जोर्नीको दुखाई कम गर्ने औषधिको रुपमा पनि प्रयोग गरिन्छ। यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरु पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरुले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह समेत दिन्छन् ।
स्वाद तथा स्वास्थ्यका दृष्टिकोणले शरीरका लागि लसुन निकै उपयोगी छ । लसुनमा धेरै किसिमका औषधिय गुण हुने भएकाले यसलाई घरायासी औषधिको रुपमा समेत प्रयोग गर्ने गरिन्छ। सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले सरीरको विभिन्न भागको दुखाइ कम हुन्छ । लसुनले उच्च रक्तचाप कम गर्छ । लसुनमा पोषणतत्व ज्यादा हुनुका साथै यसमा क्यालोरीको मात्रा पनि निकै कम हुन्छ । लसुनको सेवनले रुघाखोकी लगायतका बिमारी हटाउन मद्दत गर्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
लसुनको नियमित सेवन गर्नाले कोलेस्ट्रोल नियन्त्रण हुन्छ र मुटु रोग लाग्ने सम्भावना कम हुने गर्छ । दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । लसुनमा एन्टीअक्सिडेन्ट तत्व हुने हुँदा यसले अल्जाइमर, डिमेन्सिया जस्ता रोग लाग्नबाट बचाउँछ । नियमित लसुन सेवन गर्नाले आयु लम्ब्याउँछ । लसुनले शरीरमा रहेको मेटलयुक्त विषाक्त हटाउन पनि मद्दत गर्छ भने लसुनको नियमित सेवनले हड्डीको विकासमा मद्दत पुर्याउँछ । लसुनमा एलिचिन नामक तत्व पाइन्छ, जुन औषधीको रुपमा प्रयोग गरिन्छ ।