काठमाडौं।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएपछि अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भएका छन्।हिजो भएको एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ अध्यक्षमा विजयी भएका हुन्।
नेम्बाङले कर्माछिरिङ शेर्पालाई हराए। ८४ भोट खसेकोमा नेम्बाङले ४५ भोट पाए भने शेर्पाले ३९ मत ल्याए।काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा अध्यक्षमा राजीव पौडेल पनि प्रतिस्पर्धामा भए पनि एक भोट पनि ल्याएनन्।अध्यक्षमा पंकजबिक्रम नेम्बाङ आएसंगै बिबादमा रहेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई हटाउने सम्भावना बढेको छ ।पंकज विक्रम नेम्वाङसँग अल्मुताइरीको सुरुवातदेखि नै सुमधुर सम्बन्ध छैन ।
प्रशिक्षकको जिम्मेवारी सम्हालेको तीन महिनामै वरिष्ठ उपाअध्यक्ष नेम्वाङको टर्चर सहन नसकेर आफूले राजिनामा दिन लागेको सार्वजनिक अभिव्यक्ति उनले दिएका थिए । यो घटनाले नेम्वाङ–अल्मुताइरी सम्बन्ध पानी बाराबारको स्थितिमा छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले आफूले राजिनामा दिन लागेको प्रशिक्षक अब्दुल्लाहले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका थिए ।नेम्बाङ निर्वाचित भएपछि सामाजिक संजाल इन्स्टाग्राममा एक स्टोरी राख्दै अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका हुन् । यद्दपी उनले उक्त स्टोरी हटाइसकेका छन् ।

एएफसी एसियन कप छनोटका लागि कुवेत पुगेका अलमुताईरी छनोटपछि कुवेतमै बसेका छन् । एन्फासँग बिदा लिएर अलमुताईरी कुवेतमै बसेका हुन् ।गत वर्षको साउनमा अलमुताइरीले नेम्बाङको कारण देखाएर राजीनामा घोषणा गरेपछि उनी विवादमा तानिएका थिए । तर, उनले राजीनामा दिएका थिएनन् ।
यस्तै अलमुताईरी र खेलाडीबीच पछिल्लो समय विवाद रहेको छ ।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
१० खेलाडी छिट्टै फर्किँदैछन् । उनीहरुले विवादित प्रशिक्षक मातहत खेल्नु मनोवैज्ञानिक रुपमै पनि असर पर्न सक्छ । राष्ट्रिय टिमको एकतालाई बलियो बनाउन जो नेतृत्वमा आए पनि प्रशिक्षक परिवर्तन नै सहज विकल्प हुनसक्छ । एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले पछिल्लो विकसित घटनाक्रमले अल्मुताइरीको वहिर्गमन नै उपयुक्त विकल्प हुनसक्ने बताउँछन् ।
‘विवादमा रहेका खेलाडीहरु अब टिममा फर्किँदैछन् । उनीहरुलाई अब्दुल्लाहले नै प्रशिक्षण गराउँदा टिमको वातावरण पहिलेजस्तो सुमधुर नहुन सक्छ । यसले राष्ट्रिय टिमको प्रदर्शन मै असर पार्न सक्छ,’ श्रेष्ठले भने, ‘छानबिन समितिको प्रतिवेदन पनि अल्मुताइरीको पक्षमा छैन । एन्फा चुनावमा जो निर्वाचित भए पनि प्रतिवेदन कार्यान्वयन हुँदा अल्मुताइरी नै अप्ठेरोमा पर्न सक्छन् ।’