Tuesday, June 28th, 2022

नेपालले आज हङकङविरूद्ध खेल्दै ,नेपाल समूह विजेता बन्ने दाउमा

काठमाडौं।

मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।किनरारा ओभलमा नेपालले चौंथो खेलमा हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल बिहान १२:०० बजे सुरु हुनेछ ।

हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ । यस्तै नेपाल समूह विजेता बन्न चाहन्छ । नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ ।हङकङ नेपालको लागि नौलो प्रतिद्वन्दी हैन । यस अघि नेपालले हङकङसँग दुई खेल खेलेको छ । जसमा नेपालले एक जित र एक हार व्यहोरेको छ ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।२ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।यस अघि नेपालले भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

Leave a Reply

Your email address will not be published.