संक्रमित बढेसँगै उपत्यकामा भेन्टिलेटर र आइसियूको चरम अभाव

काठमाडौं । केहि दिन यता काठमाण्डौमा निकै धेरै संक्रमित भेटिन थालेका छन् । लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्यामा पनि वृद्धि आएको हो । उपत्यकामा पछिल्ला दिन लक्षण सहितका कोरोना संक्रमितको संख्या निकै बढ्न थालेको छ जसका कारण अहिले अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही क्रममा संक्रमितको संख्या बढेमा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख गरिए अनुसार हाल देशभरमा कुल १ हजार ५ सय ९५ ओटा आइसियू बेड र ९ सय ओटा भेन्टिलेटर उपलब्ध रहेका छन्  भने ३ हजार ७६ आइसोलेसन बेड र २६ हजार ९ सय ३० वटा हस्पिटल बेड रहेको छ । उपत्यकाका अस्पतालमा ३ सय २ आइसियू बेड छन् । कोरोना भाइरसको प्रकोप बढेसँगै सरकारले संक्रमितको उपचारका लागी उपत्यकामा १ सय २० आइसियू बेड थप गर्ने निर्णय गरेको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यहि यहि अनुपातमा संक्रमित भेटिएमा बिरामी धान्न मुस्किल हुने बताइएको छ भने संक्रमितको बढ्दो संख्यालाई लिएर चिकित्सकले सबैलाई पर्याप्त सावधानी अपनाउन अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *