१८ वटा शव सहित आज विदेशबाट ल्याइयो यति नेपाली..

काठमाण्डौ । कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय भन्दा बढी नेपालीलाई आज स्वदेश फ़र्काइदै छ । मलेसिया, कतार, युएई, अमेरिका तथा युरोपका देशबाट गरी कुल १२ सय ३३ जना नेपाली स्वदेश फर्कन लागेको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ। यस अन्तर्गत आज बिहान युएईको अबुधाबीको हिमालय एयरलायन्सबाट १५४ जना आएका छन् भने आज दिउँसो मलेशियाबाट मालिन्दो एयरको उडानबाट १७२ जना नेपाली आउन लागेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

त्यस्तै गरि मलेशियाबाट नेपाल एयरलायन्सको उडानबाट २५२ जना आएका छन् भने उक्त विमानमा १४ जना नेपालीको शव पनि ल्याइएको छ। साथै कतारबाट नेपाल एयरलायन्सको उडानमार्फत १५३ जना नेपाली आएको उक्त विमानमा ४ वटा श’व पनि ल्याइएको छ। युएईबाट दुइ वटा उडानमार्फत झन्डै ४ सय जना नेपाली स्वदेश आउन लागेको प्राधिकरणले जनाएको छ भने कतार एयरको उडानमार्फत अमेरिका, युरोप तथा कतारमा रहेका १४० जना नेपाली देश आउन लागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *