काठमाण्डौ । इंग्ल्यान्डले दोस्रो वान डेमा शनिबार आयरल्यान्डलाई चार विकेटले हराएको छ भने यसका साथै सिरिजमा इंग्ल्याण्डले निर्णायक २–० को अग्रता पनि लिएको छ । यद्धपि यो जितका इंग्ल्याण्डका लागी सजिलो भने भएन, यसको लागी इंग्ल्याण्डले निकै संघर्ष गर्नु परेको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

जितका लागी इंग्ल्याण्डले २ सय १३ रनको लक्ष्य पछ्याइरहेको थियो जसको लागी जोनी बियरस्टोको ८२ रनको मदतले आक्रमक सुरवात पनि भएको थियो । तर उनीसँगै कप्तान इओन मोर्गन र मोइन अलि आउट भएपछि भने इंग्ल्यान्डमाथी निकै ठुलो दबाब परेको थियो भने त्यसपछि साम बिलिङ्स र डेविड विलीबीचको ७९ रनको साझेदारीका कारण इंग्ल्यान्ड १७.३ ओभरको खेल अगाडि नै जित हाँसिल गर्न सफल रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *