भ्रष्टाचारविरुद्धका अभियन्ता प्रेम सञ्जेलमाथी कार्यकक्षमै कुटपिट

काठमाण्डौ । भ्रष्टाचार विरुद्धका अभियन्ता श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलमाथी यहि शनिबार कुटपिट भएको छ । उनीमाथी उनकै कार्यालयका कर्मचारीहरुले कार्यालय परिसरभित्रै हातपात गरेका हुन् । सञ्जेलमाथी पेपर वेटको डल्लो, चप्पल, प’ञ्चिङ मेसिन लगायतबाट प्रहार गरिएको प्रहरीले बताएको छ ।

स्रोतका अनुसार सञ्जेलले कर्मचारीलाई केही कामका लागी निर्देशन दिएका थिए भने कर्मचारी र उनीबीच सोहि कामको लागे विवाद भएको थियो । उनका कर्मचारीहरु सो काम नगर्ने पक्षमा थिए जसकारण उनीहरु बिच विवाद सिर्जना भएको थियो । विवाद चल्दाचल्दै कर्मचारीहरुले उनीमाथि कुटपिट गरिएको बताइएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

यसअघि पनि सञ्जेलले कर्मचारीको मानमर्दन गर्ने गरेको भन्दै केही कर्मचारीहरु उनीविरुद्ध असन्तुष्ट रहेका थिए । उक्त कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ भने हाल दुवै पक्ष जिल्ला प्रहरी कार्यालय मोरंग पुगेका छन् र उनीहरु बिच वार्ताको प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *