कसरी हेर्ने एसईईको नतिजा ?

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड अहिले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई को नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेको छ भने यस्तैमा  नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले हालै एसईईको नतिजा हेर्ने सम्बन्धि सूचना प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आवको १ साताभित्र नै एसइइको नतिजा सार्वजनिक गर्ने जानकारी दिँदै नतिजा हेर्ने तरिका सम्बन्धी राष्ट्रिय दैनिक गोरखापत्रमा एउटा सूचनामा प्रकाशित गरेको छ ।

एसईईको नतिजा विद्यार्थीले एसएमएस, आइभीआर र बोर्डका वेबसाइट, शिक्षा मन्त्रालयको वेब साइट, नेपाल टेलीकमको वेब साइट, तथा इडीयु सञ्जालको वेब साइटबाट हेर्न सकिने बोडले बताएको छ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

‘विद्यालय र जिल्ला शिक्षा समन्वय इकाइबाट प्रमाणित भएको डाटा बोर्डमा आइसकेको छ । जिल्ला जिल्लाबाट अपडेट भएको र प्रमाणित डाटामा ठीक भए नभएको रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ, अब एक साताभित्र नतिजा सार्वजनिक गर्छौं ।’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भनेका छन् ।

यस वर्ष ४ लाख ८२ हजार विद्यार्थीले एसईईको फर्म भरेका थिए भने ती मध्ये ४ लाख ५६ हजार ३ सय २९ नियमित  तर्फ र ९ हजार ५ सय ९ प्राविधिकतर्फ रहेको परीक्षा बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *