ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा सिल, यस्तो छ अवस्था :

काठमाडौं । अहिले कोरोना भाइरसको प्रकोप काठमाण्डौमा अपनी बढी नै रहेको छ भने काठमाण्डौमा प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भैरहेको छ । यसै क्रममा गत शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) का दुई जनालाई पनि कोरोना संक्रमणको पुष्टि भएको थियो । यस लगत्तै एसएसपी भिमप्रसाद ढकालसहित अन्य ३ सय ७५ जनालाई अहिले क्वारेन्टिनमा राखिएको छ ।

संक्रमितहरुलाई भने अहिले उपचारका लागी अस्पताल पठाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले भने, ‘मसमेत ३ सय ७५ जना ब्यारेक– ब्यारेकमै छौं र अहिले महाशाखामा पूर्ण लकडाउनको अवस्था रहेको छ ।’ अहिले आफूले अरुसँग भेटघाट गर्न पनि ब’न्द गरेको उनले बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

साथै कोरोना पुष्टि भएका व्यक्त्तिसँग सम्पर्कमा आएकाहरुलाई पनि अहिले बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको उनले बताएका छन् ।महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ भने ती मध्य ३ सय ७५ जना क्वा’रेन्टिनमा गएपछि अहिले १ हजार १ सय ७० जनालाई ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *