कोरोनाबारे डब्लूएचओको आपतकालीन बैठकले निकाल्यो यस्तो निष्कर्ष :

काठमाण्डौ । कोरोनालाई विश्व महामारी घोषणा गरेको ६ महिना पछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमणको विषयमा आपतकालीन कमिटीको बैठक सम्पन्न गरेको छ । बैठकपछि डब्लूएचओका प्रमुख डा टेड्रोस एडहानम गेब्रियससले अहिलेसम्म पनि कोरोना संक्रमण विश्व महामारीकै रूपमा रहेको र स्थिती अझै पनि सामान्य नरहेको बताएका छन् ।

डब्लूएचओले गत वर्ष जनवरी ३० तारिखमा कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेपछि विश्वमा सिर्जना भएको स्थितीको त्यसको आकलन गर्न डब्लूएचओको आपतकालीन कमिटीको बैठक बसेको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

डब्लूएचओले पुनः तिन महिनापछि आपतकालिन कमिटीको बैठक बस्ने र कोरोनाको स्थितिको विषयमा समीक्षा गर्ने तय भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *