आजको मौसम यस्तो, यी स्थानमा भारी वर्षाको सम्भावना :

काठमाण्डौ । आज देशभर नै मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आजको मौसम पूर्वानुमान जारी गर्दै विभागले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुर पश्चिम प्रदेशका केही स्थानहरु भने आज वर्षा भइरहेको जानकारी दिएको छ ।
यसका साथै मौसम पूर्वानुमानमा आइतबार दिउँसो दशैभर नै आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा भने हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको भनेर उल्लेख गरिएको छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि मौसम विज्ञान विभागले जनाएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
यस्तै गरि आज राति भने देशभर नै सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ र प्रदेश १ तथा गण्डकी प्रदेशका केहि स्थानमा भने भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।