बिना औषधी यसरी नियन्त्रण गर्नुहोस् ब्लड प्रेसर :

काठमाडौं । उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ । यसले तत्कालै कुनै ठूलै असर पार्ने जस्तो नदेखिए पनि यसले कालान्तरमा मानिसलाई रोगी बनाउँदै मृत्युको मुखमा धकेल्छ । उच्च रक्तचापको नियन्त्रणमा ध्यान नदिइएमा हृदयाघात, मस्तिष्कघात तथा मृगौला फेल हुने जस्ता प्राणघातक समस्या पैदा हुन्छन् । जिवनशैली तथा खानपानमा ध्यान दिनेहो भने उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
उच्च रक्तचापका रोगीले पर्याप्त मेवा खाुनपर्छ । मेवामा पोटासियम पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्छ । केरामा पनि पोटासियम पर्याप्त मात्रामा पाइन्छ, जसले सरीरमा नुनको असर कम गर्दछ । दिनहुँ २-३ वटा केरा खानु रक्तचाप नियन्त्रणका लागि लाभदायी हुन्छ । गहुँ तथा चनाको पिठोको बराबर मात्रा मिलाएर सोही पिठोबाट रोटी बनाउनुहोस् । यस्तो रोटी खानाले सरीरको उपापचयन प्रक्रियामा सुधार आउने तथा रक्तचाप सन्तुलित हुने गर्छ । लसुनमा पाइने एन्टीअक्सिडेन्ट तथा एलिसिन तत्वले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ। त्यसैले हरेक बिहान खाली पेट लसुनका दुइ केस्रा तथा एक गिलास पानी पिएमा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ ।